यससम्बन्धी परेको मुद्दामा सुनुवाइ गर्दै आज न्यायधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो । गत सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश दिएको छ । काठमाडौँ महानगरपालिकाका प्रम्ख बालेन साह संघीय सरकारले आफूहरुसँग समन्वय र सहयोग नगरेको भन्दै गत चैत २४ गतेदेखि शितलनिबास,सिंहदरबार , बालुवाटार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिनु भएको थियो ।