समाचार

ओमानविरुद्ध कुशलको ऐतिहासिक शतक, गरे छक्काको वर्षा

८ बैशाख २०८०, शुक्रबार ०६:४२
ओमानविरुद्ध कुशलको ऐतिहासिक शतक, गरे छक्काको वर्षा

८ वैशाख, काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानविरुद्ध नेपाली युवा अलराउन्डर कुशल मल्लले आक्रामक शतक बनाएका छन् ।

२०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्।

उनले ५९ बलमा ९ छक्का र ९ चौकाको मद्दतमा शतक बनाएका हुन् । कुशलले छक्का हिर्काउँदै सानदार तरिकाले शतक पूरा गरे । योसँगै उनी अब एकदिवसीयमा सर्वाधिक कम बलमा शतक बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । जारी प्रतियोगिताको पहिलो खेलमा कुशलले अर्धशतकीय पारी खेलेका थिए ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शून्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो।

प्रतिक्रिया दिनुहोस्