६ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ । उनलाई भारतबाट भ्रमणको निम्तो आइसकेकाे प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै तीन दिनअघि परराष्ट्रमन्त्री एनपी साउद नियुक्त भएका थिए। भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैशाख अन्तिम साता प्रधानमन्त्रीको भ्रमण हुन सक्ने स्रोतको भनाइ छ।