समाचार

बलात्कारको घटनाका ६ आरोपी पक्राउ

५ बैशाख २०८०, मंगलवार १६:४०
बलात्कारको घटनाका ६ आरोपी पक्राउ

५ वैशाख, नुवाकोट । नुवाकोटमा बलात्कारका दुई घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामूहिक बलात्कार घटनाका संलग्न पाँचजना र अर्को एक बलात्कार घटनामा संलग्न एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

किस्पाङको सुकुटे खोलामा भएको सामूहिक बलात्कारको घटनामा पांच जना स्थानीय लजमा भएको महिला बलात्कारमा एक जना पक्राउ परी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

किस्पागं गाउंपालिका ५  सुकुटे खोलास्थित एक गोठमा नुवाकोटकै १५ वर्षीया  (राममाया कुमारी) नाम परिवर्तितलाई वैशाख ३ गते वेलुकी सामूहिक बलात्कारमा संलग्न  भएको किटानी उजुरीसहित किस्पाङ गापा ५ का  १९ वर्षीय निर्मल तामाङ, सोही स्थानका २० वर्षीय अमृत तामाङ, सोही स्थान घर भएका अन्य  १७ वर्षीय ३ जना किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

आरोपितमध्ये निर्मल र तीन बालकलाई सोमबार र अमृतलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपितमध्ये निर्मलले सुकुटेपुलमा बालिकालाई भेट्न बोलाएको र उसका अन्य चारजना साथीसहित पाँचजनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ।

यस्तै, अर्का एक महिलालाई बलात्कार गरेको आरोपमा रसुवाका एक युवालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा गोसाईंकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्