बुधबार क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमा समेत प्रवेश निषेध गरेकाे प्रेस विज्ञप्ति जारी गरी उनीहरूले चेतावनी दिएका छन् । विभिन्न १३ बुँदे माग राख्दै कर्मचारीहरू विगत तीन दिनदेखि नेपाल प्रगतिशील कर्मचारी समूह, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल राष्ट्रिय कर्मचारी संगठन आबद्ध कर्मचारी तथा प्राध्यापकहरू आन्दोलरत छन् ।
विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीहरु विगत तीन दिनदेखि आन्दोलनरत रहेपनि क्याम्पस प्रमुख प्रसादले कुनै चासो नदेखाएको आरोप लगाइएको छ।
उनीहरुले पहिलो दिन आइतबार धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन क्याम्पसको प्रशासनिक काम ठप्प पारेका थिए। कर्मचारीहरुले विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने प्रमुख माग अघि सारेका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल प्रगतिशील कर्मचारी समूह राराब क्याम्पस एकाई कमिटिले गत चैत २४ गते १३ बुँदे संयुक्त विज्ञप्ति मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेबास्ता गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विमल कुमार ठाकुरले बताए।
पहिलो दिन आइतबार उनीहरूले धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका थिए । विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।
‘गत चैत २४ गते १३ बुँदे संयुक्त विज्ञप्ति मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेवास्ता गरेपछि गत वैशाख ३ गतेदेखि पहिलो चरणको आन्दोलन गरेका थियौँ, तर क्याम्पस प्रमुखले कुनै चासो लिनुभएको छैन, बाध्य भएर दोश्रो चरणको आन्दोलनको हामीले घोषणा गरेका हौँ,’ ठाकुरले भने ।