खेलकुद

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, यस्तो छ प्लेइङ–११

५ बैशाख २०८०, मंगलवार ०३:३७
मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, यस्तो छ प्लेइङ–११

५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ ।  नेपालले मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीलाई प्लेइङ–११ मा समावेश गरेको छैन । सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि पछिल्लो समय ज्ञानेन्द्र लगातार प्लेइङ–११ बाहिर छन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले उत्साहित छन् । मलेसिया नेपालको लागि नयाँ प्रतिद्वन्द्वी होइन । ५० ओभरको खेलमा २०१२ यता खेलिएका पाँच खेलमा नेपाल मलेसियामाथि हाबी छ ।

मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ । सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ । पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्