५ वैशाख कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ ।
उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन् ।
उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका अनुसार १६ सामुदायिक र एक संस्थागत गरी १७ विद्यालयको नतिजा शून्य देखिएको छ । अर्थात् १७ विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् ।
शुन्य नतिजा ल्याउने विद्यालय कुन–कुन हुन् ?
१. धनगढी १३ श्रीलकास्थित नवज्योती आधारभूत विद्यालय
२. धनगढी १३ राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय
३. धनगढी ६ मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालय
४. धनगढी ९ बगंराकटानस्थित सरस्वती आधारभूत विद्यालय
५. धनगढी ७ देवरियास्थित शिव माध्यमिक विद्यालय
६. धनगढी १७ स्थित भानु माध्यमिक विद्यालय
७. धनगढी १८ डमौलियास्थित सञ्जन आधारभूत विद्यालय
८. धनगढी १६ भादास्थित दीपेन्द्र चारपाते माध्यमिक विद्यालय
९. धनगढी १४ फूलवारीस्थित शिवशंकर आधारभूत विद्यालय
१०. धनगढी १४ एच गाउँस्थित शिद्धार्थ आधारभूत विद्यालय
११. धनगढी १८ एफ गाउँस्थित खप्तडी आधारभूत विद्यालय
१२. धनगढी १८ स्थित इन्द्रोदय आधारभूत विद्यालय
१३. धनगढी १९ फूलवारीस्थित फूलवारी आधारभूत विद्यालय
१४. धनगढी १२ जनकबस्तीस्थित नवदुर्गा आधारभूत विद्यालय
१५. धनगढी १२ दुर्गाबस्तीस्थित दुर्गा आधारभूत विद्यालय
१६. धनगढी १२ स्थित जनकल्याण माध्यमिक विद्यालय
१७. धनगढी ३ बोराडाँडीस्थित मोडर्न स्कुल