समाचार

इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

२८ कार्तिक २०७८, आईतवार ०५:०३
इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

२८ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्को चोकनजिकै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरकै लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको हो । शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना भएको छ ।

स्कुटरसँगै चालक बुढाथोकी गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई लगत्तै बी एण्ड बी अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएको वा अन्य सवारीसाधनले ठक्कर दिएको भन्नेबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्