५ वैशाख काठमाडौँ । स्वर्ग जस्तो नेपालको समृद्धि पर्यटनबाटै सम्भव रहेको काँग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले बाताएका छन् ।
नेपाल आफैमा स्वर्ग जस्तो देश हो । हामी स्वर्ग खोज्न अथवा स्वर्ग जानको लागि कतै पर्खेर बस्नु पर्ने , कतै गएर धुप बल्नु पर्ने, स्वर्ग जानको लागि अथा मेहेनत गरिराख्नु पर्ने जस्तो लाग्दैन । हामी स्वर्गमा जन्मिएका छौँ । पर्यटनको सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार जरुरी रहेको युवा नेता शाहीले बाताएका छन् ।
त्यसैले, “नेपाल पर्यटन मोहत्सव” नेपालमा बारम्बार गरिराख्नु पर्छ भने युवा नेता शाहीले बाताएका छन् । युवा हुनु भनेको खाली कम उमेर हुनु, कपाल नफुलेको हुनु मात्र होइन , युवा हुनु भनेको भखरको मात्र हुनु होइन युवा हुनु सार्थक त्यतिबेला मत्र हुन्छ । जतिबेला युवामा जोस जागरण, उर्जा, केहि गरौँ भने हौसला, केहि चुनौती लिन सक्ने , कहिँ अप्ठ्यारोहरुलाई पनि सुकार्य अगाडि बढ्ने सक्ने भावना हुनु भनेको युवा हुनु हो ।
“नेपाल पर्यटन मोहत्सव” नेपाल सरकारले आफैले कार्यक्रम अयोजना गर्नु पर्ने हो । नेपाल सरकारले आफै दु:ख मेहेनत गरेर आफैले मंच खडा गरेर गर्नु पर्ने काम केहि युवा पत्रकार मिलेर यो अभियान गर्दा आयोजकलाई नेपाल सरकारले बधाई दिनु पर्ने हो ।
नेपालको हरेक आगनमा फाट देख्छौं , नेपालको घरको पछाडि नगरकोट जस्तो डाँडा देख्छौं , सगरमाथा देखि गौतम बुद्ध नेपालका ठुला फेवाताल, रारा ताल नेपालका हरेर पर्यटकीय क्षेत्रहरु विश्वकै नागरिकहरुलाई मनमोहक र उनीहरुलाई नेपाल पुगौं भने भावना जागृति गर्ने हिमाल रहेका छन् ।
नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, नेपाललाई आर्थिकस्तरले माथि पुराउने, नेपाललाई विकास र समृद्धमा पुराउन पर्यटकीय क्षेत्र बाहेक अरु सम्भव छैन । देशलाई आर्थिकस्तर रुप समृद्धतिरको बाटोमा लिने हो भने कस्तुरीले आफु भित्र भएको बिना चिन्दैन भन्छ । सन्चै भनौं भने नेपाल सरकारले पनि हाम्रो देशको शक्ति पर्यटन क्षेत्रलाई चिनेर, समयमै यसको सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार गरेर बिश्व बजारबाट नेपालको सुन्दरतालाई डलरमा बेच्ने वातावरण गराउन युवा नेता शाहीले नेपाल सरकार ध्यान पुराउन अपिल गरेका छन् ।