समाचार

शुभकालिका गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने – अध्यक्ष अनिल

४ बैशाख २०८०, सोमबार ०३:३७
शुभकालिका गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने – अध्यक्ष अनिल

४ बैशाख , काठमाडौँ । इतिहास कलाकृति, मठ मन्दिर, प्रकृति सौन्दर्यता, झरना, काइनेट खानी जस्ताको उजागर गर्न स्थानीय सरकार सधै संघीय र  प्रदेश सरकारको ढोका झक्झकाइ रहेको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्य (अनिल) बताएका छन् ।

काठमाडौँको बसन्तपुरमा आयोजित कार्यक्रम “नेपाल पर्यटन महोत्सव” मा बोल्दै कालिकोटलाई पर्यटकिय गन्तव्य बनाउने अध्यक्ष अनिलले बताएका छन् । पर्यटकी हिसाबले भरिपूर्ण रहेको हिमाल, पाटन, झरना, खोला नाला, काइनेट खानी, आल्लो उत्पादन गर्ने जस्ता बिभिन्न हिसावले भरिपूर्ण रहेको अध्यक्ष अनिलने बताएका छन् ।

पर्यटकीय हिसाबले भरिपूर्ण रहेको तर पूर्वाधार र प्रचार प्रसारको कमीले गर्दा नेपालको सबै भन्दा ठुलो झरना पचाल, राराको मूल ढोका भनेर कालिकोटलाई चिनिन्छ । तर संघीय सरकार, प्रदेश सरकारले कहिले देख्छ ।

पर्यटनको हिसाबले भरिपूर्ण भएको शुभाकालिका गाउँपालिका स्थानीय तहले गर्न खोज्दा पनि संघीय सरकार, प्रदेश सरकारबाट साथ सहयोग हुन् सकेको छैन ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले खेल्ने भूमिका फरक छन् । स्थानीय सरकारले खेल्ने भूमिका भित्र कानुनमा बाँधिएर एउटा नयाँ कार्यबिधि बनाएर पुरा इतिहास कलाकृति, मठ मन्दिर, पाकृति सौन्दर्यता र आफु संग साइनो गाँसिएका झरना, काइनेट खानी जस्ताको उजागर गर्न स्थानीय सरकार सधै संघीय सरकार, प्रदेश सरकार लडिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्