समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

२३ मंसिर २०७८, बिहीबार ०१:३९
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपमा बैठक बस्ने छ ।

पार्टीको १४औं  महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको छ । कांग्रेसको महाधिवेशन मंसिर २४ गते काठमाडौँ भृकुटीमण्डपमा सुरु हुँदैछ ।  आज ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।

बैठक पार्टीको आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्