समाचार

हामीले आत्मसमीक्षा गर्नैपर्छ, तर निराश हुने छुट छैन: प्रधानमन्त्री

१ बैशाख २०८०, शुक्रबार ०१:३३
हामीले आत्मसमीक्षा गर्नैपर्छ, तर निराश हुने छुट छैन: प्रधानमन्त्री

१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।

नयाँ वर्षमा प्रधानमन्त्रीका रुपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ।

नयाँ वर्ष २०८० सालको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गरेका छन्।

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरे । सन्देशमा भनिएको छ, ‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजस्व संकलनमा वृद्धि भइरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ ।’

प्रतिक्रिया दिनुहोस्