कला/साहित्य

टूरिजम फेस्टिभलको प्रवचन कर्ण शाक्यले गर्ने

३० चैत्र २०७९, बिहीबार १४:२२
टूरिजम फेस्टिभलको प्रवचन कर्ण शाक्यले गर्ने

काठमाडौं — बैशाख १ र २ गते हुने टुरिजम फेस्टिभलको ‘पर्यटन प्रवचन’ व्यवसायी कर्ण शाक्यले गर्ने भएका छन् । बिहिबार अनामनगरस्थित युनियन हाउसमा फेस्टिभल आयोजकले वक्ता र सेसनको आउट गर्दै ‘पर्यटन प्रवचन’ शाक्यले गर्ने भएका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस गर्ने यो फेस्टिभलमा ‘कृषि पर्यटन :  माटो, बाटो र दोबाटो’देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’सम्मका सेसनहरु आउट भएका छन् । ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’मा व्यवसायी पवन गोल्यान, कृषिविद् कृष्ण पौडेल, नार्कका वरिष्ठ वैज्ञानिक डा. ध्रुवराज भट्टराई र व्यवसायी शान्ता बाँस्कोटा कोइराला वक्ता रहेका छन् भने यो सेसनको मोडरेटरमा पत्रकार किरण आचार्य रहेका छन् ।

यस्तै खेल पर्यटनमा पारस खड्का, विक्रम लामा, प्रिती खत्री वक्ता छन् भने यो सेसन पत्रकार हिमविक्रम केसीले गर्ने भएका हुन् । ‘पर्यटन बहस : पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’ सेसनमा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, एनआरएनए अध्यक्ष, डा.बद्री केसी र हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह रहेका छन् । ‘पर्यटनमा जलवायु परिवर्तनको असर ; हिउँ, हिमाल र हिमालय’मा पर्वतीयपर्यटनविद् आङछिरिङ शेर्पा, सगरमाथाआरोही संघ अध्यक्ष, माया शेर्पा र नेपाल पर्वतारोहण संघ अध्यक्ष निमा नुरु शेर्पा वक्ता छन् । यो सेसनलाई सञ्चालन पत्रकार रमेश भुसालले गर्ने छन् ।

यस्तै, ‘फोटो पर्यटन : नेचर एण्ड क्याप्चर’मा भरतबन्धु थापा, ओमप्रसाद यादव, कविता थापा वक्ता छन् । सेसनको सञ्चालन फोटो पत्रकार देवकी बिष्टले गर्नेछन् । साहित्य र सिर्जनामा पर्यटन सेसनमा गीत, गजल र कविता विधाको सेसन पनि छ । जसमा शीतल कादम्बिनी, नवराज पराजुली र बाबु त्रिपाठी वक्ता छन् । यो सेसनको सञ्चालन प्रभा बरालले गर्नेछन् ।

‘युवा युवा पर्यटन अभियान्ता : ट्राभलर एण्ड एक्स्प्लोरर’ सेसनमा विश्व साइकलयात्री पुष्कर शाह, ट्राभलर कञ्चन राई ‘घुमन्ते’ वक्ता छन् । यो सेसनमा मोडरेटर टीपी भुसाल छन् ।

‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’को सृसन पनि छ । यस्तै बसन्तपुर, विश्व सम्पदा, काठमाडौँ सेसनमा तेजरत्न ताम्राकार, शैलेन्द्र बज्राचार्य वक्ता छन् भने सेसनको सञ्चालन कुमार रञ्जित गर्नेछन् ।

संगीत, सौन्दर्य र सुनौलो नेपालको सेसनमा गायक तथा संगीतकार तिलकसिंह पेला छन् । ‘व्यावसायिक पर्यटन : रहर, शहर र पर्यटनबजार’को सेसन पनि छ । जसको वक्तामा नाट्टाका अध्यक्ष, अच्युत गुरागाई, ज्योत्सना श्रेष्ठ रहेका छन् भने यसको सञ्चालन मोद ढकालले गर्ने भएका हुन् । ‘चलचित्र पर्यटन : सीन, सिनेमा र सेलिब्रेटी’, युद्ध पर्यटन लगायतका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो नीतिगत बहसले पर्यटनमा सरकारले निर्माण गर्ने कार्ययोजनालाई समेत ध्यानाकर्षण गराउने बताए । ‘नेपाल टूरिजम फेस्टिभल’को आधिकारिक फेसबुक लगायतका सामाजिक सञ्जालमा अन्इ जानकारी दिइने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्