२८ चैत, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ ।
यसका लागि पार्टीको अनुशासन आयोगको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ । रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् ।
रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन्। उनले अडियो सम्पादन भएर आएको जिकिर गरे पनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन्।
रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन् । उनले अडियो सम्पादन भएर आएको जिकिर गरेपनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन् ।