समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ चैत्र २०७९, सोमबार ०२:२५
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्