समाचार

अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना

२५ चैत्र २०७९, शनिबार १३:१८
अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना

२५ चैत, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टरमा रहेका पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्