२५ चैत, काठमाडौं । आज पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज काठमाडौँमा बिहानैदेखि आंशिक बदली रहेको छ । अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्य रहने छ । कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।