समाचार

फेरी अर्को युवाले गरे आत्मदाहको प्रयास

२४ चैत्र २०७९, शुक्रबार १४:०८
फेरी अर्को युवाले गरे आत्मदाहको प्रयास

२४ चैत,काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।

ती व्यक्तिले संसद् भवनको एक नम्बर गेट अगाडि आत्मदाहको प्रयास गर्दा गर्दै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको काठमाडौँ प्रहरी परिसर, काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्