समाचार

मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वका पार्टीबीच एकताको तयारी

२४ चैत्र २०७९, शुक्रबार ०२:०३
मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वका पार्टीबीच एकताको तयारी

२३ चैत,काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच एकता हुँदैछ।

पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन हुँदैछ । आगामी बैशाख १८ गते पार्टी एकता गर्ने दुवै पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्