समाचार

कोसी र गण्डकी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

२४ चैत्र २०७९, शुक्रबार ०१:५९
कोसी र गण्डकी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

२३ चैत,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ–सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ ।यसैगरी, राति कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्