२३ चैत,सुर्खेत । नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ ।
प्रदेश सभाको नवौं बैठकबाट राप्रपा बाहेक कांग्रेस, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त सहित ३८ सांसदले विश्वासको मत दिए । ४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्माले सर्वाधिक ९७ प्रतिशत बढी मत पाए ।
माओवादी केन्द्रले केन्द्रको सहमति अनुसार कर्णालीमा कांग्रेससँग छलफल गरेर सरकारमा ल्याउन गरिएका प्रयासहरु कांग्रेस पक्षबाट स्वीकार नहुँदा माओवादी नेतृत्वको सरकारले हैरानी ब्यहोनु परेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले सबै दललाई सरकारमा ल्याइ मन्त्रालय समेत सबैले मिलेर चलाउने दाउँमा भएपनि त्यो चाहना पुरा हुन सकेको छैन । माओवादी र एमालेको भागमा परेको केही मन्त्रालय घटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने नीतिमा मुख्यमन्त्री शर्मा रहेका छन् ।
भने, ‘जीवन जी, कांग्रेस, एमाले दुवैलाई मिलाएर सरकारमा लैजाने व्यवस्था छैन ?’ जवाफमा जीवनले भने, ‘त्यस्तो व्यवस्था छ, छैन थाहा भएन । तर त्यसरी कांग्रेस सरकारमा पनि जाँदैन ।’ दुई नेताले ठट्टा गरे, बाहिरीए । त्यसयता मुख्यमन्त्री शर्मासँग सरकारबारे छलफल नभएको शाही बताउँछन् । ‘केन्द्रीय सहमति अनुसार विश्वासको मत माग्नु भयो, हामीले दियौं । सरकारमा जाने–नजाने विषयमा मुख्यमन्त्रीसँग कुनैपनि छलफल भएको छैन,’ नेता शाहीले अनलाइनखबरसँग भने ।