गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पु¥याउने उद्देश्यले प्रिमियर गरिएको बताए । “हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन ।
त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायतका गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झन्डै लगानी उठाएको थियो ।” उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’ लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन् ।