खेलकुद

आईपीएलमा राजस्थानमाथि पञ्जावको रोमाञ्चक जित

२३ चैत्र २०७९, बिहीबार ०३:२८
आईपीएलमा राजस्थानमाथि पञ्जावको रोमाञ्चक जित

२३ चैत, काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्समाथि पञ्जाव किंग्सले पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १६ रन चाहिएको अवस्थामा साम करनले १० रनमात्र दिएपछि पञ्जावले पाँच रनको रोमाञ्चक जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।  जवाफी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा सात विकेट गुमाएर १ सय ९२ रनमात्रै बनाउन सक्यो ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच नेपाली समय अनुसार राति पौने आठ बजे खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्