समाचार

३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत

२३ चैत्र २०७९, बिहीबार ०३:२३
३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत

२३ चैत, काठमाडौं। बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन्। नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव  गराउन सहमति भएको हो।

तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।

विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन। चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी संगठनले सहमति गरेका हुन् ।

यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

340017506_598364915653699_5631955848172557893_n

प्रतिक्रिया दिनुहोस्