समाचार

रवि लामिछाने विरुद्धका ३ उजुरी खारेज, एक आयोगमा पठाइयो, उम्मेदवारी कायमै

२२ चैत्र २०७९, बुधबार १३:१८
रवि लामिछाने विरुद्धका ३ उजुरी खारेज, एक आयोगमा पठाइयो, उम्मेदवारी कायमै

२२ चैत, काठमाडौं। चितवन क्षेत्र नं २ मा हुने हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

उनको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले रातोपाटीलाई जानकारी दिए ।

लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि भने स्पष्टीकरण माग गरिएको ।

प्रतिक्रिया दिनुहोस्