२० चैत,काठमाडौँ। नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते काठमाडौँको वसन्तपुरमा हुने ‘नेपाल टुरिजम फेस्टिभल’को सूचना प्रविधि पार्टनरमा जरुवा नेपाल प्रा.लि रहने भएको छ ।
सोमबार एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेक र जरुवा नेपालका प्रमुख कार्यकारी घनश्याम देवकोटाबीच औपचारिक रूपमा सम्झौता भएको हो ।
नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल गर्दै छ । उक्त फेस्टिभलका लागि जरुवा नेपालले सूचना तथा प्रविधिको क्षेत्रका काम गर्ने भएको छ ।