जीवनशैली

एक हप्तामै स्लिम शरीर बनाउन अपाउनुहोस् यी टिप्स

२२ मंसिर २०७८, बुधबार १५:५६
एक हप्तामै स्लिम शरीर बनाउन अपाउनुहोस् यी टिप्स

काठमाडौं । मोटोपन अहिले नेपालको शहरी क्षेत्रका मानिसहरुको आम समस्या हो । खास गरी पेट कसरी घटाउने भन्ने बारे आम मानिसहरुको चिन्ता देखिन्छ । पेट बढेपछी बिभिन्न शारीरीक समस्या हुने मात्र होइन, मानिस हेर्दा पनि कुरुप देखिन्छ ।

मोटोपन स्वास्थ्यको लागि राम्रो होइन । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन । त्यसैले त मोटोपनकै कारणले विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् ।

आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ । तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन् । यदि तपाईपनि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घाटाउनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ ।

कसरी हुन्छ मोटोपन ? 
मोटोपना के हो ? यो कसरी हुन्छ ? भन्ने बारेमा पनि बुझ्न जरुरी हुन्छ । हामीले दिनभरी खाएको खानाबाट क्यालोरी आउँछ । क्यालोरीलाई एक्सरसाइजबाट लस्ट गर्न सकेनौं भने बोसोको रुपमा शरीरमा बस्न थाल्छ ।

बोसो छालाको मुनि र पेट तथा शरीरको विभिन्न अङ्गहरु पनि  टाँसिएर बसेको हुन्छ । बोसो जब तपाईँ खाना खानुहुन्न त्यो समयमा प्रयोगमा आउँछ इनर्जी र क्यालोरीको लागि प्रयोग हुन्छ । तर अनावश्यक धेरै खाएर भएको बोसोको विभिन्न किसिमको रोगहरुसँग सम्बन्ध जोडिएको हुन्छ ।

नुनको प्रयोग कम गर्नुहोस्
खानामा नुनको मात्रा बढी लिने गर्दा हामी उच्च रक्तचाप (ब्लड प्रेशर), मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । यसकारण खानामा नुनको मात्रा एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ ।

तनावबाट टाढा रहनुहोस्
शरीरको तौल घटाउनका लागि अर्को महत्वपूर्ण कुरा हो, तनावबाट टाढा रहनु । तनवका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ । त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।

वर्कआउट गर्नुहोस्
यदि तपाई मात्र ७ दिनमा एक आकर्षक फिगर चाहनुहुन्छ भने त्यसका लागि वर्कआउट गर्नु जरुरी छ । नियमित वर्कआउट गर्दा तपाईले छिट्टै नतिजा प्राप्त गर्न सक्नुहुनेछ ।वर्कआउटका कारण पेटमा रहेको बोसो छिट्टै पग्लिन्छ । यसका लागि पेटसँग जोडिएका व्यायाम जस्तै पुश–अप, पुल–अप आफ्नो वर्कआउटमा सामेल गर्नुहोस् । यस्तो व्यायामले नियमित रुपमा ५०० देखि ६०० क्यालोरी बर्न गर्न सकिन्छ ।

डाइटमा ध्यान दिनुहोस्
यदि तपाई छिट्टै मोटोपनाबाट छुटकरा पाउन चाहनुहुन्छ भने डाइटमा पनि ध्यान दिनु जरुरी हुन्छ । शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्