२० चैत,चितवन। चितवन–२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उम्मेदवारी दर्ता गराएका छन्।
चितवन–२ उपनिर्वाचनमा उम्मेदवार बनेका रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट विवादमा अनावश्यक टिप्पणी गरिएको भन्दै आफू देशमा घाँडो भएको भए मारिदिए पनि हुन्छ भन्ने टिप्पणी गरेका छन् ।
सोमबार बिहान उम्मेदवारी दर्ता गराउने क्रममा चितवनस्थित जिल्ला पार्टी कार्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै उनले भने ‘कसलाई कसरी छेक्न मन छ, आफ्नो गक्ष अनुसार, आफ्नो बुद्धि अनुसार, आफ्नो विवेक अनुसार छेके हुन्छ, गोलीले छेक्ने हो की बोलीले छेक्ने हो हामी सबै कुरा फेस गर्न हामी सबै कुरा सामना गर्न तयार छौं ।’
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मलाई केही अनौठो लागेको छ । अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् ।
तर तात्त्विक रूपमा केही फरक छैन्। निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु । पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।’