समाचार

बारा २ मा पुरुषोत्तम पौडेल बने एमाले उम्मेदवार

२० चैत्र २०७९, सोमबार ०३:४८
बारा २ मा पुरुषोत्तम पौडेल बने एमाले उम्मेदवार

२० चैत्र काठमाडौं। नेकपा एमालेले बारा–२ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेल उम्मेदवार बनाउने भएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुनु केही घण्टाअघि एमालेले बारा २ को उम्मेदवार टुंगो लगाएको हो ।  गत मंसिर ४ को निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

यसअघि पौडेलले साविकको बारा–३ र ६ बाट चुनाव जितेका थिए । तर, पछिल्लो पटकको दुई वटा निर्वाचनमा भने उनले टिकट पाउन सकेका थिएनन् । मंसिरको निर्वाचनमा बारा–२ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

बारा–२ मा जसपाका उपेन्द्र यादव उम्मेदवार बनेका छन् । त्यस्तै, जनमत पार्टीले माओवादी केन्द्र परित्याग गरेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । काँगेस र माओवादी केन्द्रले उक्त निर्वाचन क्षेत्रमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्