१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुनुपर्ने दबाब बढेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
उनले पार्टीभित्र औपचारिक छलफल नभए पनि आफूलगायत धेरै सांसदहरू सरकारमा जानुपर्ने पक्षमा रहेको जानकारी दिए । “हामीले विश्वासको मत नदिएर प्रतिपक्षमै बसेको भए त्यो छुट्टै बहस हुन्थ्यो । तर, हामीले विश्वासको मत दिइसकेका छौं । अनि किन हामीले सरकारमा जान ढिला गर्ने ?,” उनले भने ।
‘हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ’ उनले भने ।