१८ चैत, काठमाडौं। नेकपा (एमाले)का असन्तुष्ट नेता भीम रावलसित वार्ता गर्न पार्टीभित्र समिति गठन गरिएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट तीन सदस्यीय समिति बनाइएको हो ।
शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
समितिका नेताले रावलसित संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको गुरुङले बताए ।