१८ चैत, काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।
एमालेले चितवन– २ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा–२ मा भने भोलिमात्रै उम्मेदवार टुंगो लगाउने तयारी रहेको छ ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।
आज शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि न्यौपाने र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बारा निर्वाचन क्षेत्र नं. २ मा भने आइतबार उम्मेदवार टुंगो लगाइने एमालेले जनाएको छ ।