समाचार

नवनियुक्त महिला मन्त्री यादवलाई बाबुराम दम्पत्तिको बधाई

१८ चैत्र २०७९, शनिबार ०९:५८
नवनियुक्त महिला मन्त्री यादवलाई बाबुराम दम्पत्तिको बधाई

१८ चैत, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकोमा ठट्यौली प्रतिक्रिया दिएका छन् ।

नियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवलाई बाबुराम भट्टराई र हिसिला यमीले बधाई दिएका छन् । नेपाल समाजवादी पार्टीका नेता हुन् । यादवले नेकपा (माओवादी केन्द्र) को चु्नाव चिन्ह लिएर सर्लाही–२ बाट निर्वाचनमा विजयी भएका थिए ।

मन्त्री बनेपछि पहिलो पटक भट्टराई निवासमा पुगेका यादवलाई भट्टराई दम्पत्तिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । साथै, यादव महिला मामिला सम्बन्धी मन्त्री बनेकामा हिसिला थप खुसी भएको बाबुरामले उल्लेख गरेका छन् ।

‘नेसपा अध्यक्ष महीन्द्रराय यादव महिला, बाबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएकोमा वधाइ तथा शुभकामना ! ‘महिला’मामिलासम्बन्धी मन्त्री बनेकोमा हिसिलाजी थप खुशी ।’ बधाई र शुभकामना दिँदाको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा बाबुरामले लेखेका छन् ।

वृद्ध उमेरका राय बालबालिका मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा बाबुरामले पनि ठट्टा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्