समाचार

पशुपति विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्- पर्यटनमन्त्री किराती

१८ चैत्र २०७९, शनिबार ०७:३६
पशुपति विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्- पर्यटनमन्त्री किराती

१८ चैत, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउने भएकाले त्यतै लाग्ने गरेको बताएको खुलासा गरे ।

‘हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने। कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने। विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने’ उनले भने, ‘पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो। जहाँ हामी सफाई नै गर्दैनौं। धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा। म आफैं ट्वाईलेट खोजी हिँडदै थिए। कति गाह्रो छ।’

प्रतिक्रिया दिनुहोस्