समाचार

सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना

२२ मंसिर २०७८, बुधबार १०:३२
सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना

एजेन्सी । भारतमा सेनाको एमआई–१७ हेलिकप्टर बुधबार तमिलनाडुको कुन्नूरको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।

जंगलमा भएको यो दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । जसमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत, उनकी पत्नी मधुलिकासहित सेनाका १४ अधिकारी सवार थिए । हालसम्म जलेका ४ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

हेलिप्टरमा सवार  जनरल बिपिन रावत, श्रीमति मधुलिका रावत,  ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट के हरजिन्दर सिंह, नायक गुरसेवक सिंह, नायक जितेन्द्र कुमार, लान्स नायक विवेक कुमार, लान्स नाइक बी साई तेजा, हवलदार सतपाल  रहेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ ।

प्रतिक्रिया दिनुहोस्