१८ चैत, काठमाडौं। नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर एजेन्ट(नाट्टा)का पुर्व अध्यक्ष अच्युत गुरागाईले उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।
महासंघको आगामी कार्यकालका लागी हुन गइरहेको आसन्न निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय सदस्यमा नाट्टाका पूर्वअध्यक्ष गुरागाईले उम्मेदवारी दिने भएका छन्।
गुरागाई पर्यटन क्षेत्रका एक हस्ती हुन्। ८५ देश देश घुमेका, कम्ति १० भाषा बोल्न प्रफुल्ल। नेपालको पर्यटनलाई विश्व बजारमा चिनाउने उनको मुख्य भूमिका रहेको छ।
वेस्टर्न ट्राभल मार्ट(WTM) बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट(BITM) लगायत कार्यक्रम अयोजना गरेका छन् ।
उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्यसहित आफूहरूले काम गरिरहेको गुरागाईले जिकिर गरे ।