१७ चैत, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीको टुंगो लागिनसकेको बताएका छन् । ट्विरमार्फत उनले कांग्रेसबाट सरकारमा कसकसलाई पठाउने टुंगो लागिनसकेको प्रष्ट पारेका हुन् ।
कतिपयले सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खड्काले गएराति सामाजिक सन्जालमार्फत् नै नामावली टुंगो नलागेको बताएका हुन् ।
ट्विरमार्फत उनले कांग्रेसबाट सरकारमा कसकसलाई पठाउने टुंगो लागिनसकेको प्रष्ट पारेका हुन् ।“अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरूको फाइनल नाम टुंगो लागिसकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापतिज्यूको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्यूकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुनसक्छ” उनले स्पष्ट पारेका छन् ।
कांग्रेसबाट खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयमा पठाउने कांग्रेसमा चर्चा छ ।