१६ चैत, काठमाडौँ। आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार केन्न्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो ।
बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवाले पाएका हुन् ।