समाचार

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

१६ चैत्र २०७९, बिहीबार ०८:३८
प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

१६ चैत, बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसनधान आयोगकाे टाेलीले बिहीबार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे ।

घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेको आरोप छ । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्