१६ चैत, काठमाडौँ।तराई मधेस केन्द्रित सत्तारुढ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले आगामी १० वैशाखको उपनिर्वाचनमा एउटै गठबन्धनमा समेटिए पनि छुट्टाछुट्टै उम्मेदवारी दिने निश्चित भएको छ।
उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका एक कार्यकारिणी सदस्यले बताए । उनले भने, ‘बारा २ मा चुनावको तयारी गर्न हामीलाई भनिसक्नु भएको छ, उहाँले चुनाव लड्ने मनस्थिति बनाई सक्नुभएको छ ।’ लोसपाको आज बस्ने कार्यकारिणी समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।
बुधबार मात्रै नेता शिवचन्द्रप्रसाद कुशवाहले नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेलगत्तै अध्यक्ष सीके राउतले उनलाई बारा २ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन्।
कुशवाहले पनि बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रसँग प्रतिस्पर्धा गर्नेछन्। यो क्षेत्रमा सत्तारुढ तीन पार्टीका उम्मेदवारबीच रोचक भिडन्त हुने निश्चित छ। राउतले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिइने र उपेन्द्रलाई हराइछाड्ने कसम खाएका छन्।
महतो मंसिर ४ को निर्वाचनमा सर्लाही–२ बाट निर्वाचनमा उठेका थिए । तर उनी नेसपाका महेन्द्रराय यादवसँग पराजित भएका थिए ।
आगामी वैशाख १० गते हुने बारा – २ मा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवार दिन लगभग निश्चित भइसकेको छ । त्यस्तैगरी जनमत पार्टीले माओवादी केन्द्र परित्याग गरेका शिवचन्द्र कुशवाहालाई उठाउँदै छ ।