समाचार

कार दुर्घटना हुँदा चार जनाको मृत्यु

२८ कार्तिक २०७८, आईतवार ०४:५१
कार दुर्घटना हुँदा चार जनाको मृत्यु

२८ कार्तिक, रौतहट। रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८ सी २९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै गएराति शनिवार राती १० बजे अनियन्त्रित भएर कार बाटो छेउ तलामा​ खस्दा ४ जना पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्