१२ चैत, बुटवल। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर बुझाइएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो ।
आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टीका चार तथा जसपा, लोसपा र नागरिक उन्मुक्तिका तीन–तीनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजनाको हस्ताक्षर बुझाइएको हो ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएर माघ ५ गते विश्वासको मत पाएका एमाले संसदीय दलका नेता लिला गिरी केन्द्रीय राजनीतिमा आएको उतारचढावले दुई महिनामै अल्पमतमा परेका छन् । गिरीलाई समर्थन गरेका र सरकारमा सहभागी दलहरुका २५ प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाए पछि गिरी अल्पमतमा परेका हुन् ।लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको छ ।
आइतबार प्रदेश प्रमुख शेरचन समक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टी, जसपा, लोसपाका तीन–तीनसँगै नागरिक उन्मुक्तिका चार , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजनाको हस्ताक्षर बुझाइएको हो । लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् । प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गर्दै गठबन्धनमा आवद्ध दलहरुले संविधानको धारा १६८, २ अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् ।
कांगेसका २७, नेकपा (माओवादी केन्द्र)का (सभामुख बाहेक) १०, जनमत पार्टीका चार, जसपा, लोसपा र नागरिक उन्मुक्तिका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र स्वतन्त्र सांसद एक/एकजनाको हस्ताक्षर बुझाइएको हो । यसअघि, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका २५ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।