१२ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्ने भएका छन् । आज बोलाइएको छलफलमा कुन दलले कुन मन्त्रालय लिने अन्तिम निर्णय लिने बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय, नेपाली कांग्रेसले ८, राष्ट्रिय स्वतन्त्र पार्टीले एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादीले एक राज्यसहित ३ मन्त्रालय, जसपाले २, लोसपाले १, जनमतले एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिने गरी छलफल भइरहेको छ ।
एक सिटे सहित स्वतन्त्र सांसदहरुलाई सरकारमा सहभागी नगराउन गठबन्धनको दबाब छ ।