१० चैत,काठमाडौं । गण्डकी सरकारबाट नेकपा (माओवादी)का दुई मन्त्रीले राजिनामा बुझाएका छन्।
माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र वनमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्।
त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश सभामा बुझाइएको छ। गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएपछि अब मुख्यमन्त्री अधिकारीको सरकार समस्यामा परेको छ।
नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका र पछि एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ गरि ३३ जनाको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रचण्डको निदेशन सगै शुक्रबार माओवादी गण्डकी संसदीय दलको बैठक बसि सरकारलाई दिएको समर्थन फित्र्ता सगै सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको नेता चुमानले जानकारी दिए। दलको बैठकमा पाँच जना प्रदेश सभा सदस्य सगै पार्टीका नेताहरु उपस्थित रहेका थिए।
संसदीय दलको निर्णयअनुसार माओवादीले सरकारलाई दिएको समर्थन फित्र्ता सगै सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका हुन्।