जीवनशैली

बिहान खाली पेटमा पानी पिउँदाका अनेकौं फाइदा 

२२ मंसिर २०७८, बुधबार ०१:५२
बिहान खाली पेटमा पानी पिउँदाका अनेकौं फाइदा 

काठमाडौं : पानी बिनाको जीवन कल्पना समेत गर्न सकिन्न । पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ ।

राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ–दश लिटर पानी पिउनुपर्ने बताइन्छ । पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ ।  मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ ।

पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ।

विभिन्न शोध तथा अध्ययनले देखाएअनुसार तपाइले बिहानै मनतातो पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट छुट्कारा समेत पाउनुहुनेछ । प्रशस्त पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र पिसाबका रूपमा बाहिर निस्कन्छ ।

यस्ता छन् बिहान खाली पानी पिउँदाका फाइदा 

  • खाना रुचाउँछ ।
  • छालालाई सफा बनाउँछ ।
  • टाउको दुख्नबाट बचाउँछ ।
  • एसिडिटीको समस्या कम हुन्छ ।
  • मोटोपनाको समस्या हटेर जान्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
  • पाचन प्रणालीमा सघाउ पुर्याउँछ ।
  • कब्जियतको समस्यालाई दूर बनाउँछ ।
  •  मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।
  • बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्