समाचार

कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी

१० चैत्र २०७९, शुक्रबार १४:२८
कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी

१० चैत, काठमाडौं । कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्।

शुक्रवार नेपाल विद्यार्थी संघ सहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लव सहितका क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनबिच भएको सर्वपक्षीय सहमतिले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन भएको हो ।

यस्तै उपाध्‍यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली चयन भएका छन् भने सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा चयन भएका छन् ।

यस्तै सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा नेवि संघकी शारती ढकाल, आशिश कार्की, प्रदिप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, विनीता फुयाँल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टा लगायत छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की  र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्