खेलकुद

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको सानदार जित

१० चैत्र २०७९, शुक्रबार ०२:१०
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको सानदार जित

एजेन्सी। स्टार खेलाडी क्रिष्टिायनो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सहज जित दर्ता गरको छ ।

युरोकप छनोटअन्तर्गत लिचेस्टाइनविरुद्ध पोर्चुगल ४–० गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा जोआ कान्सेलो र  बेर्नार्डो सिल्भाले एक/एक गोल गरे ।

शुक्रबार विहान युरोकपको छनोट खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोल अन्तरले पराजित गर्दा कप्तान समेत रहेका रोनाल्डोले २ गोल गर्दा बर्नान्डो सिल्भा र जोआ कान्सेलोले एक एक गोल थपेका थिए ।

आठौं मिनेटमा जोआले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

४७ औं मिनेटमा सिल्भाले गोल गरेपछि पोर्चुगल २-० गोल अन्तरले अघि बढ्यो । ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत पहिलो गोल गरे ।

प्रतिक्रिया दिनुहोस्