१० चैत,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाईएको भए पनि नेपाली काँग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
बुधबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन बैठक बोलइएको थियो तर, कांग्रेस सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
अहिले भने कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । ११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सांसदको समर्थन चाहिन्छ । बागमतीमा कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ गरी गठबन्धनसँग ६५ जना सांसद छन् । बागमतीमा कांग्रेस र माओवादीमात्रै मिल्दा पनि सरकार बनाउन बहुमत पुग्छ ।