समाचार

शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ: महामन्त्री थापा

७ चैत्र २०७९, मंगलवार १२:१२
शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ: महामन्त्री थापा

७ चैत,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

 महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए।

मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए ।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा काठमाडौंको बत्तिसपुतलीमा आज भएको कार्यक्रममा बोल्दै थापाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलासुस्ती गर्न नहुने बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ। ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य हुँदैन,’ उनले भने, ‘राजनीतिक दलले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै दलहरूलाई आग्रह गर्दछु।’

महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहोर्‍याए ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्