६ चैत, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताए ।
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आरामसँग सरकार चल्ने बताएका हुन्। सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे ।
आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गरेका छन् । अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।